जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले कम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मुल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ।

आज चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार १८५ रुपैयाँ कायम भएको छ।