जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बाघको आक्रमणबाट घाइते सुलभको चितवन मेडिकल कलेजमा सफल शल्यक्रिया

तनहु बन्दीपुर गाँउपालिका–१ बनियाटारमा बाघको आक्रमणबाट घाइते भएका तीन वर्षीय बालक शुलभ परियारको चितवन मेडिकल कलेजमा सफल शल्यक्रिया भएको छ । बुधबार साँझ ५ बजेको समयमा घरको पिँडीमा खेलिरहेका बालकको चितुवाले आक्रमण गरेको थियो ।

बालककी आमा आलु छिल्कदै गर्दै ‘बाट बाट’ भन्ने छोराको आवाज सुनेको र बाहिर निस्किदा छोरालाई बाघले घिसार्दै गरेको देखेपछि चिलाउनेको दाउरो हातमा समातेर बाघको मुखबाट बच्चा खोस्न गएको उनले सुनाइन् ।

बालककी आमासँगै अन्य स्थानीयहरु करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएको लक्षमीले स्मरण गरेकी छन् । तत्काल बन्दीपुरको स्थानीय अस्पतालमा लैजादा त्यहाँ सामान्य ड्रेसिङ मात्र गरेर चितवनको चितवन मेडिकल कलेज रिफर गरेको थियो ।

त्यस लगतै चितवन मेडिकल आएका उनीहरुले छोराको घाँटीमा बाघको नङ्ग्रा गाढेको थाहा पाएपछि उनको तत्काल अप्रेसन गरिएको थियो । बालकको आज बिहीबार मात्रै अप्रेसन गर्न सफल भएको बालककी आमा बताउछन् ।

घाइते बालकको घाँटी तथा शरीरका अन्य भागमा घाउ लागेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का पाँच वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।