गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
गण्डकीमा प्रत्यक्षतर्फ ३६ र समानुपातिक २४ गरी ६० सदस्यीय प्रदेशसभा थियो । नेकपा (एमाले) का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सांसद निर्वाचित भएका थिए । ६० सांसदमधये २० महिला थिए । 