जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अनभिनेता पल साहको आजको पेशी स्थगित

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो ।