गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित भएको छ । बजेटमाथि छलफलको क्रममा माइकमा प्राविधिक समस्या आएपछि बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा जानकारी गराएका थिए ।
बजेटमा छलफलमा सहभागि अधिकांश सांसदले बजेटमाथि तिखो आलोचना गरेको प्रदेश सभा सांसद राजिव पहाडीले बताए । जनताको ढाड सेक्ने गरी कर बढाउने र त्यहि कर मन्त्री, मुख्यमन्त्रीको बाआमाको नाममा ट्रष्ट खोलेर त्यसमा बजेट छुट्याउने कार्यको चर्काे विरोध भईरहेको सांसद पहाडीले बताए ।
‘संघियतालाई बदनाम गर्ने ढङगबाट यो सरकार अगाडि बढेको छ,’ उनले भने, ‘जनताको जिविकोपार्जनका विषय, जनताका समस्याका विषय कसरी समाधान गर्ने जस्ता क्षेत्रमा बजेट नल्याउने तर अनउत्पादन क्षेत्रमा आफ्नो बाआमाका ट्रष्टमा बजेट छुट्याउने, मनपरी गर्ने काम भएको छ त्यसको शसर्त ढङगले विरोध भइरहेको छ ।’