जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुरक्षा पालुवा सहकारीको इकाईगत साधारण सभा सम्पन्न।

विवेक न्याैपाने
सुरक्षा पालुवा वचत तथा ऋण सहकारीको १६ र्औ वार्षिक साधारण सभा सहकारी विभागको साधारण सभा सञ्चालन निर्देशिका तथा संथाको विनियममा भएको व्यवस्था अनुसार एकाईगत रुपमा प्रतिनिधिमुलक साधारण सभा सम्पन्न भएको छ ।

आश्विन ३ गते देखि ३ एकाईमा विभाजन गरि सञ्चालन गरिएको साधारण सभा ३ गते कालिकास्थान एकाई, ५ गते लामगादी एकाई र ७ गते भण्डारढिक एकाईमा, एकाईगत साधारण सभा सञ्चालन गरि प्रत्येक एकाईमा कम्तिमा १६ जना एकाई सभाको निर्णय पुस्तीका प्रमाणित गर्ने प्रतिनिधि चयन गरि सोहि एकाईमा उक्त एकाईको निर्णय प्रमाणित गर्नुका साथै अन्तिम निर्णय प्रमाणित गर्न तिनवटै एकाईबाट जम्मा ३२ जना अन्तिम निर्णय प्रमाणित गर्ने प्रतिनिधि चयन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनुका साथै आगामि १० गते उक्त ३२ जना एकाई प्रतिनिधिहरुको सभाले अन्तीम निर्णय प्रमाणिकरण गर्ने समेत जानकारी दिए ।
शुक्रवार भएको एकाई नं ३ को कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङले सबै सहकारीहरुलाई एकीकृत गर्दै एक वडा एक सहकारी वनाउनका लागी सुरक्षा पालुवा सहकारीले नेतृत्व लिनुपर्नेमा जोड दिए । सहकारीहरुले ऋणी मात्र नवनाई सहयोगी साथीको व्यवहार गर्न आग्रह समेत गरेका छन् ।

सोही कार्यक्रममा विशिष्ठ अतिथी लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, अतिथीहरु सरस्वती टिका माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लालु पराजुली
वक्ताहरु सिदार्थ वैक तालचोक शाखाका प्रमुख केशवराज पौडेल, श्री भण्डार पट्नेरी वहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष पदम प्रसाद अधिकारी, सुरक्षा पालुवा सहकारी इकाई नं ३ का संयोजक देवमणी भण्डारी लगाएतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षा उपसमिती सदस्य अन्जु अधिकारी थापाले गर्नुका साथै सञ्चालन सहसचिव सतिश लामिछानेले गरेका थिए ।