जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको सभाहल समुद्घाटन

जन्मभुमि खबर ,
पोखरा ।

केही समय अगाडी निमार्ण सम्पन्न भएको
पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको सभाहल आज समुद्घाटन भएको छ ।  नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतित्यथामा र बारका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बारले सो सभाहलको उद्घाटन गरेको हो । बार एसोसिएसनले आज निमार्ण सम्पन्न भएको सभाहल समुद्घाटन गर्नुका साथै वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त न्यायधिसहरुलाई सम्मान तथा नेपालीहरुको महान चाड विजया दशमी, शुभदिपावली र छठ पर्वको अवसरमा शुुभकामना आदान–प्रदान कार्यक्रमको समेत आयोजना गरेको छ । सो कार्यक्रममा बारले सर्वोच्च अदालतको मिति २०७९ अषाढ २९ गतेको पूर्ण बैठकले वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गर्नुभएका पोखरामा आवद्ध कानुन व्यवसायीहरुको सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा वरिष्ठ अधिवक्ताहरु माधव राज बास्तोला, मुकुन्द राज अर्याल, मोहन राज कोइराला, दामोदर अधिकारी, जगन्ननाथ ढकाल, खगेन्द्र राज आचार्य, विष्णु कुसन भुजेल, सुरेन्द्र थापा मगर र जनक बहादुर बोहोरा रहनुभएका छन् ।     

त्यस्तै कार्यक्रममा पोखरा उच्च अदालत बार एसोसियसनका उपाध्यक्ष दिपक राज पौडेलले स्वागत मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट ३० लाख रुपैँयाको बजेट प्राप्त भएको र बारको ३ लाख गरि जम्मा रकम ३३ लाखबाट ३१ लख अठत्तर हजार चार सय एकासी रुपैँयाको खर्च सो सभाहल निर्माण सम्पन्न भएको जानकारी दिनुभएको छ ।

उहाँले सभाहल निर्माणको क्रममा बारका कार्यसमिति सदस्य एंव निर्माण समितिका संयोजक अधिवक्ता अन्नत प्रसाद कोइरालाको संयोजत्वमा सात सदस्यसीय निर्माण समिति गठन गरिनुका साथै बारका अध्यक्ष पौडेलको अध्यक्षतामा ५ सदस्य अनुगमन समिति बनाएर कार्य सम्पादन गरेको जानकारी दिनुभएको छ ।

उहाँले सोही कार्यक्रममा आउँदै गरेको नेपालीहरुको महान चाडहरुको अवसरमा शुभकामना समते दिनुएको छ । सो कार्यक्रम बारका सचिव अधिवक्ता सन्तोष अधिकारीले संचालन गर्नुभएको थियो ।