जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद फैसला

सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपियाँ जरिवानासहितको फौसला  गरेको हो । त्यस्तै, सजाय पाउने दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपियाँ समेत जम्मा गर्नुपर्ने छ ।

यसैगरी, जिल्ला न्यायाधीश आचार्यको इजलासले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना कैद र एक लाख रुपियाँ जरिवाना तोकेको छ भने पीडित राहत कोषमा चार हजार रुपियाा जम्मा गर्नुपर्ने फैसाला गरेको छ ।

अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो । उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ परेका थिए ।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौनहिंसा भएको थियो ।