जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाँच सय रुपैयाँले घट्यो सुनको मुल्य

आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघेका अनुसार छापावाल सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको थियाे ।