जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मुल्य घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार १०० रूपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० मा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० र तेजावी सुनको तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ७०५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको १ हजार ७४० मा कारोबार भएको थियो ।