जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ओ.पि.डी पुन चालु

जन्मभुमि खबर,
पोखरा ।

कोभिड १९ संक्रमणको जोखिम बढेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रोकिएको बहिरंग सेवा फेरि चालु हुने भएको छ । अस्पतालले सोमबार विज्ञप्तिमार्फत उक्त जानकारी गराएको हो ।
संघ सरकार मातहतको यो अस्पताललाई कोभिड अस्पताल बनाइएको छ । जेठ ११ गतेदेखि क्षेत्रीय अस्पतालमा बहिरंग सेवा बन्द थियो । आउँदो २३ गते आइतबादेखि फेरि सेवा चालु गर्ने निर्णय भएको अस्पतालको अधिकृत नारायणप्रसाद आचार्यले जनाएका छन् ।

आचार्यले स्वास्थ्यका मापदण्ड पालना गर्दै बहिरंग सेवा चालु गर्ने निर्णय अस्पताल व्यवस्थापन समितिले गरेको उल्लेख गरे ।