जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाटै गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले यो वर्षको एसईई परीक्षा पनि आन्तरिक मुल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा आन्तरिक मुल्यांकन विधि अनुसारनै गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताए।

कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रस्ताव अनुसार निर्णय गरेको हो।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।

यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।