जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा “डन” भनिने गणेश लामा पोखरा लेकसाइड बाट पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

डन’का रुपमा परिचित गणेश लामालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाका बेला पोखरा आएर उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए ।

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन ।

लामा सहित चन्द्र लामा र रमेश खड्का छन , निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो,’ कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने ।

लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। विजयकुमार गच्छदारनिकट लामा हाल नेपाली कांग्रेसमा छन् ।

उनी काभ्रेली समूह गठन गरी राजधानीमा आपराधिक गतिविधि गर्थे। लामा सांसद दिपक मनाङे निकट पनि हुन्।