जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा स्कुटरको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको ज्यान गएको छ ।
मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका वडा नं ७ घर भइ हाल पोखरा महानगरपालिका–३२ मझुवा बस्दै आएका ५४ वर्षीय विष्णु आले छन् ।
नेपाल प्रहरीकाअनुसार कात्तिक १४ गते साँझ पोखरा–३२ धर्मकाटास्थित पृथ्वी राजमार्गमा पैदलयात्रा गर्दै गरेका आलेलाई ग १२ प ५८२५ नम्बरको स्कुटरले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकामा आलेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दै गर्दा चिकित्सकले बुधबार मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाकी २८ वर्षीया सृष्टि तिमिल्सिनासमेत घाइते भएको उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।