जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा रातको समयमा मोटरसाइकल पड्काउदै हिड्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जाको सपौदे घर भइ पोखरा १७ विरौटा बस्ने २१ वर्षीय देउ बहादुर गुरुङलाई प्रहरीले बागलुङ बसपार्क क्षेत्रबाट मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ग२२प ६९५३ नम्बरको क्रसफायर बाइक चर्को आवाजमा पड्काउदै हिडेको भेटेपछि रोक्न खोज्दा पोखराका चार वटा चेकपोष्टमा प्रहरीमाथि दुर्व्यवहार गर्दै देउ बहादुर भागेका थिए ।
उनलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धि कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।