जन्मभुमि खबर ,
पोखरा ।
बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक्ल द्वितीया) आज नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ । शास्त्रमा ‘ब्रह्म’को अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ ।
ब्रह्मचारिणी देवीको शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण सुशोभित छन् भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिएको विग्रह रहेको छ ।
देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षता, अबिर, चन्दनका साथै दूध, दही, सख्खर, घिउ वा मह (पञ्चामृत) ले स्नान गराई प्रसाद चढाउने विधान छ । त्यसपछि आचमन गराई पान, सुपारी, भेटी चढाएर प्रदक्षिणा गरिन्छ। कलश स्थापना गरी नवग्रह, दशदिक्पाल, नगर देवता र ग्राम देवताको पूजार्पछि देवीको हातमा फूल लिएर स्तुति गरिन्छ ।
ब्रह्मचारिणी मंत्र :
या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।
ब्रह्मचारिणी ध्यान :
वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।
जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम ।।
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।
धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।
परम वंदना पल्लवराधरां कांत कपोला पीन ।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।
ब्रह्मचारिणी स्तोत्र पाठ :
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।
शंकरप्रिया त्वंहि भुक्ति–मुक्ति दायिनी ।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।
ब्रह्मचारिणी कवच :
त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी ।
अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो ।।
पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी ।।
षोडशी सदापातु नाभो गृहो च पादयो ।