जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चार हेलिकोप्टरबाट सेनाले गर्‍यो ३६ जनाको उद्धार

जन्मभुमि खबर ,

पोखरा ।

गोरखाको बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म ३६ जनाको सकुशल उद्धार गरेको छ । सेनाले एमआई–१७ सहित चार वटा हेलिकोप्टर र स्थलमार्गबाट फौज परिचालन गरी जगत, न्याक्फेदी, यारु र पायुबाट विदेशी नागरिक तथा शिशुसहित जोखिममा परेकाहरूलाई उद्धार गरेको हो ।

अन्य सुरक्षा निकाय र सरोकारवालासँगको समन्वयमा प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी राखिएको छ ।