जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बियरको बोतल प्रहार गरी वृद्धको हत्या गर्ने युवक पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा बियरको बोतल प्रहार गरी वृद्धको हत्या गर्ने युवक पक्राउ परेका छन ।

पोखरा महानगरपालिका–२४ कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक वृद्धको मृत्यु भएको हो ।

सोमबार साँझ ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही ठाउँका २२ वर्षीय जगत दाहालले बियरको बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेर उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए । उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनापछि फरार रहेका दाहाललाई पामे पुलनजिकैबाट नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।