जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको फिर्केखोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्वीरहरू)

फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानले बिहीबारदेखि पुनः निरन्तरता पाएको छ । गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरु गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए ।

२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो । यसअघि भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले बताए । संरचना हटाएर खोला घर खाली गरेपछि संरक्षणको काम अघि बढाइने उनले सुनाए ।

महानगरले गत जेठ १० गतेदेखि खोलाघरमा बनेका संरचना एकसाथ तीन ठाउँबाट डोजर चलाएर हटाउन थालेको थियो । भत्काउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो ।

 

 

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(13)-1790845428.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(12)-1790845425.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(11)-1790845423.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(9)-1790845418.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(8)-1790845413.jpg

Tap Tap
Royal enfield

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(7)-1790845413.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(6)-1790845408.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(5)-1790845408.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(2)-1790845397.jpg

Pokhara-Firke-Dozer_NPL_ArjunGaha-(1)-1790845397.jpg