जन्मभुमि खबर ,
पोखरा ।
प्रदेश सरकारको २५ करोड रुपैयाँ लगानीमा गण्डकी प्रदेश सभाको भवन एक वर्षदेखि निर्माणाधीन छ ।
भवन निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा ०८१ माघ १८ मा सम्झौता भएको थियो । ३६ महिना (३ वर्ष)भित्र निर्माण कार्य सक्नुपर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरिएको थियो ।
पहिलो तलामा बैठक कक्ष, पिजन होल, सामान्य र भीआईपी कक्ष, मार्सल अफिस, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो रहने छ । ८० जना क्षमताको दर्शकदीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली दोस्रो तलामा रहनेछ । २ वटा लिफ्टसमेत रहने भवनको बाहिरपट्टि चमेनागृह, पार्किङ हुनेछ ।
प्रदेश सभाको दोस्रो कार्यकालका सांसद पनि आफ्नै भवनमा बस्न पाउने छैनन् । बहालवाला सांसदको कार्यकाल २०८४ मंसिरमा सकिन्छ । २०८४ माघ १७ सम्म निर्माण कार्य सक्नुपर्ने सम्झौता रहेकाले तेस्रो कार्यकालका सांसद आउँदा यो भवन तयार हुनेछ ।
गत वर्ष जेन–जी आन्दोलनअघि नै यो भवन निर्माण थालिएको थियो । आन्दोलनमा संसद भवन क्षतिग्रस्त भएयता कृषि मन्त्रालयको सभाहलमा बैठक हुँदै आएको छ । हाल पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमा अस्थायी सभाहल तयार पारिएको छ । नयाँ भवन निर्माण नसकिँदासम्म यहीँबाट संसद बैठक सञ्चालन हुनेछ ।











सम्बन्धित खवर
नेपाल प्रेस

















प्रतिक्रिया