जन्मभुमि खबर ,
पोखरा ।
निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन् ।
उनी शुक्रबार दिउँसो निजी गाडीमा पोखरा आइपुगेका हुन् ।
अस्तामस्थित इको भिलेजमा बस्ने भ्रमणका क्रममा उनी माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।
पोखराबाट करिब साढे ४ किलोमिटरको दूरीमा अवस्थित उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृखलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।
यसैगरी ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिएका हुन् ।
‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’, प्रवक्ता अर्यालको भनाइ छ ।
रिसोर्ट र आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।