जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलियम पदार्थको मूल्य यथावत्

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१) को निर्णयअनुसार सोमबार (भदौ १) देखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखेको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने जनाएको छ ।

निगमले गएको साउन १८ गतेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो ।

निगमका अनुसार, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम छ ।

त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगम सञ्चालक समितिको आइतबारकाे निर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको हो ।

p (2)