बढ्यो पेट्रोल र डिजेलको मुल्य
जन्मभुमि खबर ,
पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार ( साउन १८) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर तीन रुपैयाँ, डिजेल/मट्टीतेल लिटरमा पाँच रुपैयाँ बढाइएको छ ।
निगमका अनुसार, मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
भारतबाट पेट्रोलमा २०.१९ रुपैयाँ र डिजेलमा ३९.६७ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको निगमले जनाएको छ ।
