जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका-१४ अनुपम टोलमा आज (शुक्रबार) बिहान ट्याक्सी र स्कुटर ठोकिँदा किशोरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ग.१ ज ९९३ नम्बरको ट्याक्सी र ग.१५ प ५०५ नम्बरको स्कुटर आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा पोखरा महानगरपालिकाकै वडा नम्बर २६ विजयपुर बस्ने म्याग्दी रंघुगंगा गाउँपालिका-२ तातोपानी घर भएका १७ वर्षीय संयोग भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा जीएमसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।