विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन
जन्मभुमि खबर ,
पोखरा ।
फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको हो।
निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
साविक विजेता अर्जेन्टिना उपविजेतामा सिमित भएको छ भने स्पेनले यसअघि २०१० मा उपाधि जितेको थियो।