इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
जन्मभुमि खबर ,
पोखरा ।
अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै साविक विजेता अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।
८५ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै २–१ को जितसहित अर्जेन्टिनालाई फाइनलमा पुर्याए ।