जन्मभुमि खबर ,
पोखरा ।
बालयौन दुर्व्यवहारको आरोपमा पोखराका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पोखरा–१२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटलाई उजुरीका आधारमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।
उहाँलाई नियन्त्रणमा लिइएको छ । विद्यार्थीले दिएको उजुरीको आधारमा नियन्त्रणमा लिइएको हो,’उनले भने,’म्याद थपेर अनुसन्धान गरिरहेका छौँ।’
रानाभाटले लामो समयदेखि बालबालिकालाई विभिन्न प्रलोभन देखाउने, अनुचित प्रस्ताव राख्ने, शरीरका संवेदनशील अङ्गहरूमा छुने गरेपछि उजुरी दिइएको आरोप छ । रानाभाटले घटनाबारे अरूलाई भने परिणाम नराम्रो हुने धम्की दिएका थिए ।