जन्मभुमि खबर ,
पोखरा ।
पर्वतमा एक १२ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक ५३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले जलजला गाउँपालिका ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर विकलाई बुधबार बेलुकी पक्राउ गरेको हो । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।