जन्मभुमि खबर ,
पोखरा ।
आज जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ ।
आज बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा रहेको छ भने भोलि जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।