जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोल र डिजेलको मुल्य घट्यो , ग्यासको बढ्यो

जन्मभुमि खबर ,

पोखरा ।

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँ बढाइएको जनाएको छ ।

समायोजनपछि अब खाना पकाउने एलपी ग्यासको मूल्य १४.२ केजीलाई २१६० रुपैयाँ पर्नेछ । त्यस्तै ७.१ केजी (आधा सिलिन्डर) को १०८० पर्नेछ ।

यो सँगै पोखरामा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ ।

समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।

हेर्नुस् मूल्यसूची–