जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा आउँदै गरेको इभी माइक्रोबस धादिङमा दुर्घटना, ११ जना घाइते

जन्मभुमि खबर ,

पोखरा

पाेखरा ।

धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ आउदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।