जन्मभुमि खबर ,
पोखरा ।
देवघाट गाँउपालिका- ५ सेती भतेनी टोलबाट प्रहरीले लागुऔषध तथा जंगली जनावरहरुको अखेटोपहार फेला पारेको छ ।
तामाङ सुत्ने गरेको कोठा तथा कोठामा रहेको टिनको दराजमा लुकाइ छिपाइ राखेको लागुऔषध तथा जंगली जनावरहरुको अखेटापहार फेला परेको हो ।
प्रहरीले गैंडाको छालाजस्तो देखिने ९.८ सेमी लम्बाइ र ९ सेमी चौडाइ भएको १ थान अखेटापहार, जरायोको सिङजस्तो देखीने ४ थान स-सना टुक्रा, १ थान पाँच मुखे शंख थान, जरायोको सिङजस्तो देखिने ७८/७८ सेमी लम्बाइको २ थान अखेटोपहार बरामद गरिएको डीएसपी विकले बताए ।
बरामद सामान
१. लागू औषध (गाँजा) : २०० ग्राम ।
२. लागू औषध (Tramadol) : २४८ क्याप्सुल ।
३. Vomine -25 लेखेको औषधि : २५० ट्याब्लेट ।
४. गैंडाको छाला जस्तो देखीने ९.८ से.मी. लम्बाइ र ९ से.मी. चौडाई भएको अखेटापहार टुक्रा : १ थान ।
५. जरायोको सिङजस्तो देखिने स-सना टुक्राहरु : ४ थान ।
६. पाँच मुखे शंख : १ थान ।
७. जरायोको सिङजस्तो देखिने ७८.७८ से.मी. लम्बाइको अखेटोपहार : २ थान ।
८. ९७०९०९५८५९ नम्बरको सिमकार्ड प्रयोग भएको Redmi कम्पनीको मोवाईल फोन : १ थान ।
९. ९७६९४५५२८६ नम्बरको माेवाईलमा प्रयोग भएको Qtel कम्पनीको सादा फोन : १ थान ।