जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको सभागृह चोकमा एकजना महिलामाथि चक्कु प्रहार भएको छ । बिहीबार साँझ भएको यो घटनामा घाइते बनेकी मालेपाटन बस्ने ४२ वर्षीया सिर्जना पौडेल केसी गम्भीर घाइते भएकी छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरी फरार रहेका पुरुषको खोजीकार्य तीव्र पारिएको कास्की प्रहरीले जनाएको छ ।