जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखरा २६ का सहकारीकाे संयुक्त सरसफाई कार्यक्रम

जन्मभुमि खबर ,

पोखरा ।

पाेखरा महानगर पालिका वडा नम्बर २६ मा रहेका सहकारी हरूले संयुक्त रूपमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । उद्यमशिलता र पारदर्शिता : सहकारिकाे प्राथमिकता का साथ भन्ने नारा सहित ६९ औं राष्ट्रिय सहकारि दिबसकाे पुर्ब सन्ध्याकाे अबसर पारेर आज पाेखरा २६ का ९ वटा सहकारिले संयुक्त रूपमा सरसफाई कार्यक्रमकाे आयोजना गरेका हुन् ।

सरसफाई कार्यक्रम बुढिबजार चाेकबाट शुरूगरेर बिजयपुर सम्म र पुन बुढिजारमा गएर सम्पन्न भएकाे थियाे । सरसफाई कार्यक्रमकाे उद्घाटन मा बाेल्दै जिल्ला सहकारि संघ कास्किका प्रतिनिधि नारायण प्रसाद बजंगाईले सहकारि हरू समाजका एक मेरूदण्ड हुन जसले हरेक परिवारमा सहकारिकाे माध्यमबाट जीवन उपयाेग गर्नमा मद्दत साथै अहम् भुमिका खेलेकाे बताए ।

जनप्रीय सहकारिका अध्यक्ष रबिन्द्र माेहन अधिकारिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिलिङ्गे कृषि उत्पादक सहकारिका अध्यक्ष ठाकुर प्रसाद रानाभाटले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा नाै वटै सहकारिका सन्चालक ,कर्मचारि तथा शेयर सदस्यहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । भने कार्यक्रम सन्चालन जनप्रीय सहकारिका सचिब दिपकनाथ भण्डारी ले गरेका थिए । देशभर भाेलि २० गते ६९ औं रास्ट्रिय सहकारि दिबस मनाईदै छ ।