जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

व्यवसायी दीपक भट्ट पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार (चैत १९) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले उनी पक्राउ परेको र कार्यालय लगिँदै गरेको जानकारी दिए ।

उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका निम्ति पक्राउ गरिएको जनाइएको छ ।