जन्मभुमि खबर ,
पोखरा ।
व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार (चैत १९) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले उनी पक्राउ परेको र कार्यालय लगिँदै गरेको जानकारी दिए ।
उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका निम्ति पक्राउ गरिएको जनाइएको छ ।