जन्मभुमि खबर ,
पोखरा ।
प्रतिनिधिसभा सदस्य महावीर पुनसँग विवाद गरेको आरोपमा पक्राउ परेका व्यक्ति हिरासतमुक्त भएका छन् ।
गत सोमबार पोखराको पृथ्वीचोकमा आफ्नो आत्मकथा बेचिरहेको बेला पुनसँग एक व्यक्तिको विवाद भएको थियो ।
प्रहरीले पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङलाई फागुन २८ गते नियन्त्रणमा लिएको थियो । उनलाई सोधपुछ गरी हिरासतमुक्त गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
महावीर पुनको टिम आएको र मुद्दामामिला नगर्ने भनेपछि सम्झाएर छाडिएको उनले जानकारी दिए ।