जन्मभुमि खबर ,
पोखरा ।
रास्वपाले कास्कीमा थप एक सिट थप गरेको छ । रास्वपाले कास्की ३ सँगै २ मा पनि जित निकालेको छ । कास्की २ बाट रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मत ल्याएर विजयी बनेका हुन् ।
दोस्रो भएका एमालेका रश्मी आचार्यले ७ हजार ४९३ मत ल्याउँदा कांग्रेसका माधव वास्तोलाले ६ हजार ५ सय मत ल्याए । राप्रपाका हेमजंग गुरूङले १ हजार ६ सय ४३, नेकपाका हेमबहादुर थापाले १ हजार २ सय ७६, उज्यालो नेपाल पार्टीका कुशल गुरूङले १ हजार २ सय १ मत प्राप्त गरे ।
यस क्षेत्रमा विगतदेखिनै एमालेले निरन्तर जित्दै आएको थियो । यसपल्ट कुल खसेको मतमध्ये पौडेलले ६० प्रतिशत मत ल्याए ।