जन्मभुमि खबर ,
पोखरा ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो ।
“निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले पत्र पठाएपछि हामीले पक्राउ गरेका हौँ,” साइबर ब्युरोका एसपी दीपक अवस्थीले भने ।
प्रसाईंमाथि के कसरी कारबाही अघि बढाउने भन्ने विषयमा आफूहरूले गृहकार्य गरिरहेको उनले बताए ।