जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बैतडीमा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । शुक्रबार बिहानसम्म १३ जानको मृत्यु भएको छ । ३४ जना घाइते भएका प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।

यसअघि, घटनास्थलमै आठजनाको मृत्यु भएको थियो । डडेलधुरा अस्पतालमा उपचाररत थप पाँचजनाले ज्यान मृत्यु भएको छ ।

घाइतेमध्ये २५ जनाको डडेलधुरामा र चारजनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते पाँचजनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको बताइएको छ ।

बझाङ बित्थडचिर गाउँपालिका–७ बस्ने वर्ष ४० को केशबराज जोशी, वर्ष १३ का अशोकराज जोशी, ३५ वर्षका वसन्त जोशी, ४१ वर्षका विष्णुदत्त जोशी, ४२ वर्षका नरेशराज जोशीको मृत्यु भएको छ ।

बझाङ केदारस्यु गाउँपालिका ६० वर्षीय मोहनदेव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षका वसन्तराज रतला, बैतडी पुर्चौडी–७ बस्ने ४० वर्षीया पुष्पा अवस्थी, बझाङ बित्थडचिर–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थान बस्ने २८ वर्षका दीपकराज जोशी, सोही स्थानका ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु ७ का २७ वर्षीय केशबदत्त भट्ट र बैतडी पुर्चौडी–७ बस्ने १४ वर्षका सुशील जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुका अनुसार बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो । बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो ।

बस चालक वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

घाइतेहरूको नामावली 
१) जमिला जोशी– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
२) नन्द लाल कोइराला– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
३) धनपति अवस्थी– जिल्ला बैतडी, पुर्चौडी नगरपालिका– ७
४) चन्दा अवस्थी– जिल्ला बैतडी, पुर्चौडी नगरपालिका– ७
५) कलावती अवस्थी– जिल्ला बैतडी, पुर्चौडी नगरपालिका– ७
६) पुखराज जोशी– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–७
७) प्रतिमा जोशी– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
८) विजयराज जोशी– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
९) प्रेमराज जोशी– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१०) हेमन्त जोशी– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
११) हरि बोहरा– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१२) प्रतीक जोशी– जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१३) सुनकु जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१४) सरिता अवस्थी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१५) पदमराज जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–७
१६) दिनेश जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१७) अमृत जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१८) प्रवेश जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
१९) मनीषा जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
२०) गजेन्द्रराज जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
२१) शंकरदत्त जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–७
२२) रमुना अवस्थी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–७
२३) आरती जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
२४) कृष्णदत्त जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
२५) मनोज जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
२६) वीरबहादुर धामी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–७
२७) कृष्ण जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका– ७
२८) जानकी भट्ट बैतडी, केदारस्युँ गाउँपालिका– ४
२९) किरण अवस्थी बैतडी, पुर्चौडी नगरपालिका– ७
३०) कमलप्रसाद जोशी बैतडी, पुर्चौडी नगरपालिका– ७

देलेक स्वास्थ्य चौकी, बझाङमा उपचार गरिएका :
३१) उत्सवराज जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका–४
३२) नमराम जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका– ५
३३) हलेसीकुमारी जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका– ५
३४) विपीन जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका– ५