पोखरामा जिपको ठक्करबाट स्कुटर चालक २० वर्षीय युवकको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा सिङल क्याब बोलेरो जिपको ठक्करबाट स्कुटर चालक २० वर्षीय युवकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मुस्ताङ चोकस्थित बिरौटाबाट पृथ्विचोकतर्फ जाँदै गरेको बोलेरो जिपले रास्ट्रबैक चोकदेखि मुस्ताङ चोकतिर जाँदै गरेको स्कुटरलाइ ठक्कर दिएको हो ।
ग ३ च १९०३ को बोलेरो जिपले ग.९ प ६१८५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा स्कुटर चालक स्याङ्जा फेदिखोला घर भइ हाल पोखरा महानगरपालिका–१७ हिमालीटोल बस्ने २० वर्षीय विवेक रानाभाटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो भने स्कुटरको पछाडी बस्ने गोरखा सिरानचोक गाउँपालिका १ घर भइ हाल वडा नम्बर १७ घारीपाटन वस्ने प्रविन गुरुङ घाइते भएका छन ।
जिप चालक चितवनको इच्छाकामना गाउपालिका वडा नम्बर ३ घर का चालक २० वर्षीय देव बहादुर गुरुङललाइ वडा नम्बर ७ मासबारमा लुकिछिपी बसेको अवस्थामा वडा प्रहरी बैदामको टोलिले उनलाइ जिप सहित नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।