जन्मभुमि खबर ,
पोखरा ।
आसन्न निर्वाचनका लागि जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् ।
जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए । उनका अनुसार अन्तिम मतदाता नामावाली तय भएपछि मात्रै मतदान केन्द्रहरूबारे टुङ्गो लाग्नेछ ।