जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेस्तोलसहित आँबुखैरेनीबाट एकजना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिकाका १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन् ।

उनलाई प्रहरीले सूचनाका आधारमा बेनीटार, आँबुखैरेनीबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

यादवको साथमा एकथान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।