जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ढुङ्गा प्रहार गरेर साथीको हत्या गरेको आरोपमा थप १ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा ढुङ्गा प्रहार गरेर साथीको हत्या गरेको आरोपमा थप १ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटी रहेका छन भने पाल्पा रामपुर नगरपालिका–४ स्थायी घर भई पोखरा हाल पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीय कृष्ण बहादुर थापा भुजेल यस अघिनै पक्राउ परेका छन ।

मृतक पोखरा महानगरपालिका १६ स्थायी घर भई रामघाटमा बसोबास गर्दै आएका ६० वर्षीय रमेश सुनार रहेको खुलेको छ ।

उनको टाउको तथा अनुहारमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक र पक्राउ परेका व्यक्ति आपसमा साथी रहेका र ज्यालामज्दुरी गर्ने गरेका थिए। मंसिर २४ गते राति उनीहरू घटनास्थलको एकान्त स्थानमा बसेर मदिरा सेवन गर्ने क्रममा आपसी विवाद भई झैझगडा भएको थियो। सो क्रममा कृष्ण बहादुर भुजेलले मुक्का तथा ढुङ्गाले टाउकोमा प्रहार गरी रमेश सुनारको हत्या गरेको र हरिराम बुर्लाकोटीको सहयोगमा शव नजिकैको झाडीमा फालेर फरार भएको खुलेको छ।

घटनास्थलबाट एक जोर चप्पल, एक थान टोपी तथा घटनामा प्रयोग भएको ढुङ्गा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

पोखरामा मदिरा सेवनपछि विवाद हुँदा साथीको हत्या, एक जना पक्राउ