जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु, आठ घाइते

जन्मभुमि खबर ,

पोखरा ।

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।

दुर्घटनामा आठ जना घाइते भएका छन् ।

जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी र्दिए ।

मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।

घाइतेको उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

केही यात्रु छतबाट हाम फालेका थिए। उनीहरूले उकालोमा गाडी रोकेर यात्रु ओराल्ने क्रममा गाडी नै भीरबाट खसेको बताएका छन्।