जन्मभुमि खबर ,
पोखरा ।
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।
दुर्घटनामा आठ जना घाइते भएका छन् ।
जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी र्दिए ।
मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।
घाइतेको उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
केही यात्रु छतबाट हाम फालेका थिए। उनीहरूले उकालोमा गाडी रोकेर यात्रु ओराल्ने क्रममा गाडी नै भीरबाट खसेको बताएका छन्।