जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा दुई नेपालीको मृत्यु, सातजना अस्पताल भर्ना

जन्मभुमि खबर ,

पोखरा

भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बसमा आगलागी हुँदा ३ जना जिउँदै जलेका छन् भने २४ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बस नेपाल सीमा सुनौली (रुपन्देही) बाट दिल्ली जाँदै थियो। मृतकहरूको अझै पहिचान हुन सकेको छैन। बसमा ४५ जना यात्रु थिए, जसमध्ये धेरैजसो नेपालका थिए। चालक र कन्डक्टरको अवस्था अज्ञात छ।

घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको छ ।

“स्थानीय प्रशासनले दुई जना नेपालीको मृत्यु भएको हामीलाई जानकारी दिएको छ,” भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले जानकारी दिए ।

बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार अधिकांश यात्रु बसबाहिर थिए ।

up-bus-1764654346.jpg
Untitled-2-copy-1764654346.jpg

दुर्घटनास्थल

बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ।

भाग्न सफल यात्रुहरूले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

दुर्घटना मंगलबार बिहान २:३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो।

 

बस दुर्घटनास्थलको अवस्था