जन्मभुमि खबर ,
पोखरा ।
पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । बानेश्वरस्थित निवासमै मृत फेला परेका खनियाले आत्महत्या गरेको आशंका छ ।
उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गरेका थिए ।