जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फर्निचर तथा फर्निसिङ व्यवसायी संघको साधारण सभा सम्पन्न , अध्यक्षमा तिवारी

जन्मभुमि खबर ,

पोखरा ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, कास्कीको १३ औं अधिवेशनबाट रामजी प्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। संघको शनिवार पोखरामा भएको २३ औँ वार्षिक साधरण सभा तथा १३ औँ अधिवेशनले नयाँ नेतृत्व तथा कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुद्र बहादुर नेपाली (बेल बहादुर), प्रथम उपाध्यक्षमा परमेश्वर दवाडी, द्वितीय उपाध्यक्षमा योग कुमारी चौलागाई,तितृय उपाध्यक्षमा राजेन्द्र पण्डित, महासचिवमा रमेश विश्वकर्मा,सचिवमा भेषराज बास्तोला,कोषाध्यक्षमा सुमन श्रेष्ठ चयन भएका हुन् ।

त्यसैगरि सदस्यहरुमा होम बहादुर थापा,अमृत कार्की,प्रकास बोगटी,अमृता कार्की लामिछाने,ऋषिराम बराल चयन हुदा मनोनित सदस्यमा नविन सुवेदी र विष्णु वस्याल चयन भए । कर्पोरेट सदस्य तर्फ पूर्ण बहादुर वस्नेत चयन भएका हुन् । समुन्द्र काफ्ले, प्रकाश जोशी, अमृता कार्की अधिकारी र ऋषिराम बराल सर्वसम्मत चयन भएका छन्। यसैगरी, संघको मनोनीत सदस्यहरूमा कविन सुवेदी र विष्णु लम्साल तथा कर्पोरेट सदस्यमा पूर्ण बहादुर बस्नेत चयन भएका छन्।

यसअघि कार्यक्रमको उद्घाटन गदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यवसाय सञ्चालन गर्दा गुणस्तर, उपभोक्ताको विश्वास र व्यवसायिक अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले पोखराको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा निजी क्षेत्र तथा व्यवसायीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए । बदलिँदो बजार र प्रविधिसँगै व्यवसायलाई पनि आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्ने उनको भनाइ थियो । बन निर्देशनालय पोखराका प्रमुख कोमलराज काफ्लेले फर्निचर उद्योगका लागि आवश्यक कच्चा पदार्थको प्रयोग गर्दा वन स्रोतको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

उनले वनबाट प्राप्त हुने काठ लगायतका स्रोतको सदुपयोग गर्दै व्यवसायलाई व्यवस्थित र वातावरणमैत्री बनाउन व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए ।

वन संरक्षण र व्यवसायिक गतिविधिबीच सन्तुलन कायम गर्न सकेमा दुवै क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ थियो । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव सुवेन्द्र जोशी,डिभिजन वन कार्यलय कास्कीका वन अधिकृत हरि गौतम,महासंघका केन्दीय अध्यक्ष राजेश कुमार अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको अध्यक्षमा रामजी प्रसाद तिवारी