जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बोलेरो जिप दुर्घटनाः एक जनाको मृत्यु, पाँच घाइते

जन्मभुमि खबर ,

पोखरा ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ निवासी वर्ष ३१ का पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उक्त दुर्घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन् । धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बोलेरो जिप सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ। से१च ६५१ नम्बरको बोलेरो गाडीमा सवार ११ जनामध्ये पाँच जना सकुशल रहेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए ।

अन्य घाइते हुनेमा चितवन इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही स्थान निवासी २६ वर्षीय जीतबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ र कालिका नगरपालिका–८ निवासी वर्षीया ३४ की सरस्वती गुरुङ घाइते भएका छन्। घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।